नेपालको मूल कानून

नेपालको संविधान २०७२

जारी मिति: २०७२ असोज ३ गते (२० सेप्टेम्बर २०१५) • ३५ भाग, ३०८ धारा र ९ अनुसूची

नेपाल राजपत्रमा प्रकाशित मिति : २०७२।०६।०३
(संवत् २०७२ साल असोज ३ गते आइतबार)
क्र.सं. संशोधन प्रमाणीकरण र प्रकाशन मिति
१. नेपालको संविधान (पहिलो संशोधन), २०७२ २०७२।११।१६
२. नेपालको संविधान (दोस्रो संशोधन), २०७७ २०७७।०३।०४
आरम्भ

प्रस्तावना

हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै;

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक– पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;

सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै;

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै;

जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न;

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।

भाग १

भाग १ – प्रारम्भिक

धारा १ देखि ९ सम्म

धारा १ – संविधान मूल कानून:

धारा २ – सार्वभौमसत्ता र राजकीयसत्ता:

नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ।

धारा ३ – राष्ट्र:

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।

धारा ४ – नेपाल राज्य:

धारा ५ – राष्ट्रिय हितः

धारा ६ – राष्ट्रभाषा:

नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।

धारा ७ – सरकारी कामकाजको भाषा:

धारा ८ – राष्ट्रिय झण्डाः

धारा ९ – राष्ट्रिय गान इत्यादिः

भाग २

भाग २ – नागरिकता

धारा १० देखि १५ सम्म

धारा १० – नागरिकताबाट वञ्चित नगरिनेः

धारा ११ – नेपालको नागरिक ठहर्नेः

धारा १२ – वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताः

यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ ।

धारा १३ – नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्तिः

नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

धारा १४ – गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेः

विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।

धारा १५ – नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः

नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

भाग ३

भाग ३ – मौलिक हक र कर्तव्य

धारा १६ देखि ४८ सम्म

धारा १६ – सम्मानपूर्वक बाँच्न पाउने हकः

धारा १७ – स्वतन्त्रताको हकः

धारा १८ – समानताको हकः

तर सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन ।

धारा १९ – सञ्चारको हकः

तर नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदाय बीचको सु–सम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

तर यस उपधारामा लेखिएको कुनै कुराले रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापाखाना वा अन्य सञ्चार माध्यमको नियमन गर्न ऐन बनाउन बन्देज लगाएको मानिने छैन ।

धारा २० – न्याय सम्बन्धी हकः

धारा २१ – अपराध पीडितको हकः

धारा २२ – यातना विरुद्धको हकः

धारा २३ – निवारक नजरबन्द विरुद्धको हकः

तर शत्रु देशको नागरिकका हकमा यो उपधारा लागू हुने छैन ।

धारा २४ – छुवाछूत तथा भेदभाव विरुद्धको हकः

धारा २५ – सम्पत्तिको हकः

तर राज्यले व्यक्तिको सम्पत्तिमा कर लगाउन र प्रगतिशील करको मान्यता अनुरूप व्यक्तिको आयमा कर लगाउन सक्नेछ ।

धारा २६ – धार्मिक स्वतन्त्रताको हकः

धारा २७ – सूचनाको हकः

प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ ।

तर कानून बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन ।

धारा २८ – गोपनीयताको हकः

कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।

धारा २९ – शोषण विरुद्धको हकः

धारा ३० – स्वच्छ वातावरणको हकः

धारा ३१ – शिक्षा सम्बन्धी हकः

शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ ।

धारा ३२ – भाषा तथा संस्कृतिको हकः

धारा ३३ – रोजगारीको हकः

धारा ३४ – श्रमको हकः

स्पष्टीकरणः यस धाराको प्रयोजनका लागि “श्रमिक” भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदूर सम्झनु पर्छ ।

धारा ३५ – स्वास्थ्य सम्बन्धी हकः

सेवाबाट वञ्चित गरिने छैन ।

धारा ३६ – खाद्य सम्बन्धी हकः

धारा ३७ – आवासको हकः

धारा ३८ – महिलाको हकः

धारा ३९ – बालबालिकाको हकः

धारा ४० – दलितको हकः

धारा ४१ – ज्येष्ठ नागरिकको हकः

ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ ।

धारा ४२ – सामाजिक न्यायको हकः

धारा ४३ – सामाजिक सुरक्षाको हकः

आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ ।

धारा ४४ – उपभोक्ताको हकः

धारा ४५ –  देश निकाला विरुद्धको हकः

कुनै पनि नागरिकलाई देश निकाला गरिने छैन ।

धारा ४६ – संवैधानिक उपचारको हकः

यस भागद्वारा प्रदत्त हकको प्रचलनका लागि धारा १३३ वा १४४ मा लेखिए बमोजिम संवैधानिक उपचार पाउने हक हुनेछ ।

धारा ४७ – मौलिक हकको कार्यान्वयनः

यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानूनी व्यवस्था गर्नेछ ।

धारा ४८ – नागरिकका कर्तव्यः

प्रत्येक नागरिकका कर्तव्य देहाय बमोजिम हुनेछन्ः–

भाग ४

भाग ४ – राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व

धारा ४९ देखि ५५ सम्म

धारा ४९ – मार्गनिर्देशनका रूपमा रहनेः

धारा ५० – निर्देशक सिद्धान्तहरूः

धारा ५१ – राज्यका नीतिहरूः

राज्यले देहायका नीतिहरू अवलम्बन गर्नेछः–

  • (क) राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिः
  • (ख) राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीतिः
  • (ग) सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिः
  • (घ) अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीतिः
  • (ङ) कृषि र भूमिसुधार सम्बन्धी नीतिः
  • (च) विकास सम्बन्धी नीतिः
  • (छ) प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्धन र उपयोग सम्बन्धी नीतिः
  • (ज) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिः
  • (झ) श्रम र रोजगार सम्बन्धी नीति :
  • (ञ) सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिः
  • (ट) न्याय र दण्ड व्यवस्था सम्बन्धी नीतिः
  • (ठ) पर्यटन सम्बन्धी नीतिः
    • नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार मार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रूपमापर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने ।
  • (ड) अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीतिः

धारा ५२ – राज्यको दायित्वः

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र
संवर्र्धन, राज्यका निर्देशक सिद्धान्तहरूको अनुसरण तथा राज्यका नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ ।

धारा ५३ – प्रतिवेदन पेश गर्नेः

यस भागमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत संघीय संसद समक्ष पेश गर्ने व्यवस्था गर्नेछ ।

धारा ५४ – अनुगमन सम्बन्धी व्यवस्थाः

यस भागमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्यांकन गर्न संघीय संसदमा कानून बमोजिम एक समिति रहनेछ ।

धारा ५५ – अदालतमा प्रश्न उठाउन नसकिनेः

यस भागमा लेखिएका कुनै विषय कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।

भाग ५

भाग ५ – राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड

धारा ५६ देखि ६० सम्म

धारा ५६ – राज्यको संरचनाः

धारा ५७ – राज्यशक्तिको बाँडफाँडः

धारा ५८ – अवशिष्ट अधिकारः

यस संविधान बमोजिम संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुनेछ ।

धारा ५९ – आर्थिक अधिकारको प्रयोगः

धारा ६० – राजस्व स्रोतको बाँडफाँडः

भाग ६

भाग ६ – राष्ट्रपति र उपराष्ट्रपति

धारा ६१ देखि ७३ सम्म

धारा ६१ – राष्ट्रपतिः

धारा ६२ – राष्ट्रपतिको निर्वाचनः

धारा ६३ – राष्ट्रपतिको पदावधिः

धारा ६४ – राष्ट्रपतिको योग्यताः

धारा ६५ – राष्ट्रपतिको पद रिक्त हुने अवस्थाः

देहायको कुनै अवस्थामा राष्ट्रपतिको पद रिक्त हुनेछः–

धारा ६६ – राष्ट्रपतिको काम, कर्तव्य र अधिकारः

धारा ६७ – उपराष्ट्रपतिः

धारा ६८ – उपराष्ट्रपतिको पद रिक्त हुने अवस्थाः

देहायको कुनै अवस्थामा उपराष्ट्रपतिको पद रिक्त हुनेछः–

धारा ६९ – उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्थाः

उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया, पदावधि सम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ ।

धारा ७० – राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुनेः

यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।

धारा ७१ – राष्ट्रपति र उपराष्ट्रपतिको शपथः

राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम राष्ट्रपतिले प्रधान न्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

धारा ७२ – राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाः

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐन बमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

धारा ७३ – राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयः

भाग ७

भाग ७ – संघीय कार्यपालिका

धारा ७४ देखि ८२ सम्म

धारा ७४ – शासकीय स्वरूपः

नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ ।

धारा ७५ – कार्यकारिणी अधिकारः

धारा ७६ – मन्त्रिपरिषदको गठनः

स्पष्टीकरणः यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ ।

धारा ७७ – प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्थाः

तर प्रधानमन्त्रीको मृत्यु भएमा अर्काे प्रधानमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले प्रधानमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ ।

धारा ७८ – संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुनेः

धारा ७९ – प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधाः

प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुविधा संघीय ऐन बमोजिम हुनेछ । त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

धारा ८० – शपथः

प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नोे कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

धारा ८१ – राष्ट्रपतिलाई जानकारी दिनेः

प्रधानमन्त्रीले देहायका विषयहरूमा राष्ट्रपतिलाई जानकारी गराउनेछ –

धारा ८२ – नेपाल सरकारको कार्य सञ्चालनः

भाग ८

भाग ८ – संघीय व्यवस्थापिका

धारा ८३ देखि १०८ सम्म

धारा ८३ – संघीय व्यवस्थापिकाः

प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ ।

धारा ८४ – प्रतिनिधि सभाको गठनः

स्पष्टीकरणः यस उपधाराको प्रयोजनका लागि “खस आर्य” भन्नाले क्षेत्री, ब्राम्हण, ठकुरी, संन्यासी (दशनामी) समुदाय सम्झनु पर्छ ।

धारा ८५ – प्रतिनिधि सभाको कार्यकालः

धारा ८६ – राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधिः

धारा ८७ – सदस्यका लागि योग्यताः

स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।

धारा ८८ – शपथः

संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनु पर्नेछ ।

धारा ८९ – स्थानको रिक्तताः

देहायको कुनै अवस्थामा संघीय संसदको सदस्यको स्थान रिक्त हुनेछः–

धारा ९० – सदस्यका लागि अयोग्यता सम्बन्धी निर्णयः

संघीय संसदको कुनै सदस्य धारा ८७ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर्नेछ ।

धारा ९१ – प्रतिनिधि सभाको सभामुख र उपसभामुखः

धारा ९२ – राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षः

धारा ९३ – अधिवेशनको आव्हान र अन्त्यः

धारा ९४ – गणपूरक संख्याः

यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।

धारा ९५ – राष्ट्रपतिबाट सम्बोधनः

धारा ९६ – उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउनेः

उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले संघीय संसदको कुनै सदन वा त्यसको समितिमा उपस्थित हुन र कारबाही
तथा छलफलमा भाग लिन पाउने छन् । तर आफू सदस्य नभएको सदन वा त्यसको समितिमा मतदान गर्न पाउने छैनन् ।

धारा ९७ – समितिको गठनः

धारा ९८ – सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालनः

संघीय संसदकोे कुनै सदस्यको स्थान रिक्त भए पनि सदनले आफ्नो कार्य सञ्चालन गर्न सक्नेछ । संघीय संसदको कुनै सदनको कारबाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा पछि पत्ता लाग्यो भने पनि भइसकेको कार्य अमान्य हुने छैन ।

धारा ९९ – मतदानः

यस संविधानमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक संघीय संसदको कुनै सदनमा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको
निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन ।

तर मत बराबर भएमा निजले आफ्नो निर्णायक मत दिनेछ ।

धारा १०० – विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्थाः

तर प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एक पटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्ष भित्र अविश्वासको
प्रस्ताव पेश गर्न सकिने छैन । (५) उपधारा (४) बमोजिम अविश्वासको प्रस्ताव पेश गर्दा प्रधानमन्त्रीका लागि प्रस्तावित सदस्यको नाम समेत उल्लेख गरेकोे हुनु पर्नेछ ।

धारा १०१ – महाभियोगः

धारा १०२ – अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजायः

धारा ८८ बमोजिम शपथ नलिएको वा संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति सदस्यको हैसियतले संघीय संसदको कुनै सदन वा त्यसको समितिको बैठकमा उपस्थित भएमा वा मतदान गरेमा निजलाई त्यस्तो बैठकको अध्यक्षता गर्ने व्यक्तिको आदेशले त्यसरी उपस्थित भएको वा मतदान गरेको प्रत्येक पटकका लागि पाँच हजार रुपैयाँ जरिबाना हुनेछ र त्यस्तो जरिबाना सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

धारा १०३ – विशेषाधिकारः

स्पष्टीकरणः यो उपधारा र उपधारा (१), (२), (३) र (४) को प्रयोजनका लागि “सदन” भन्नाले प्रतिनिधि सभा वा राष्ट्रिय सभा सम्झनु पर्छ र सो शब्दले संघीय संसदको संयुक्त बैठक वा समिति वा संयुक्त समितिलाई समेत जनाउँछ ।

धारा १०४ – कार्य सञ्चालन विधिः

धारा १०५ – बहसमा बन्देजः

नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन । तर महाभियोगको प्रस्तावमा छलफल गर्दा न्यायाधीशको आचरणको सम्बन्धमा कुनै कुरा व्यक्त गर्न यस धाराले बाधा पुर्‍याएको मानिने छैन ।

धारा १०६ – संघीय संसदको महासचिव र सचिवः

धारा १०७ – संघीय संसदको सचिवालयः

संघीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहनेछ । त्यस्तो सचिवालयको स्थापना र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

धारा १०८ – पारिश्रमिकः

प्रतिनिधि सभाको सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, समितिका सभापति तथा संघीय संसदका सदस्यहरूको पारिश्रमिक र सुविधा संघीय कानून बमोजिम हुनेछ । त्यस्तो कानून नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

भाग ९

भाग ९ – संघीय व्यवस्थापन कार्यविधि

धारा १०९ देखि ११४ सम्म

धारा १०९ – संघीय संसदको व्यवस्थापिकीय अधिकारः

संघीय संसदको व्यवस्थापिकीय अधिकार अनुसूची–५, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।

धारा ११० – विधेयक प्रस्तुत गर्ने विधिः

तर कुनै अनुमतिपत्र दस्तुर, निवेदन दस्तुर, नवीकरण दस्तुर जस्ता दस्तुर, शुल्क वा महसूल लगाउने वा कुनै जरिवाना वा कैद हुने व्यवस्था भएको कारणले मात्र कुनै विधेयक अर्थ विधेयक मानिने छैन ।

धारा १११ – विधेयक पारित गर्ने विधिः

तर कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।

धारा ११२ – विधेयक फिर्ता लिनेः

विधेयक प्रस्तुतकर्ताले सदनको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।

धारा ११३ – विधेयकमा प्रमाणीकरणः

धारा ११४ – अध्यादेशः

तर त्यस्तो प्रत्येक अध्यादेश,–

स्पष्टीकरणः यस उपधाराको प्रयोजनका लागि “दुवै सदनको बैठक बसेको दिन” भन्नाले संघीय संसदका दुवै सदनको अधिवेशन प्रारम्भ भएको वा बैठक बसेको दिन सम्झनु पर्छ र सो शब्दले संघीय संसदका सदनहरूको बैठक अघिपछि गरी बसेको अवस्थामा जुन सदनको बैठक पछि बसेको छ सोही दिनलाई जनाउँछ ।

भाग १०

भाग १० – संघीय आर्थिक कार्यप्रणाली

धारा ११५ देखि १२५ सम्म

धारा ११५ – कर लगाउन वा ऋण लिन नपाइनेः

धारा ११६ – संघीय सञ्चित कोषः

गुठी रकम बाहेक नेपाल सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जा, ऐनको अधिकार अन्तर्गत दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त भएको सबै धन र नेपाल सरकारलाई प्राप्त हुने अन्य जुनसुकै रकम संघीय ऐनद्वारा अर्को कुनै व्यवस्था नगरिएमा एक सरकारी कोषमा आम्दानी बाँधिनेछ जसलाई संघीय सञ्चित कोष भनिनेछ ।

धारा ११७ – संघीय सञ्चित कोष वा संघीय सरकारी कोषबाट व्ययः

देहाय बमोजिमका रकम बाहेक संघीय सञ्चित कोष वा अन्य कुनै संघीय सरकारी कोषबाट कुनै रकम झिक्न सकिने छैनः–

धारा ११८ – संघीय सञ्चित कोषमाथि व्ययभारः

देहायका विषयसँग सम्बन्धित खर्च संघीय सञ्चित कोषमाथि व्ययभार हुनेछ र त्यस्तो व्ययका लागि संघीय संसदको स्वीकृति आवश्यक पर्ने छैनः–

धारा ११९ – राजस्व र व्ययको अनुमानः

धारा १२० – विनियोजन ऐनः

विनियोजन ऐन बमोजिम व्यय हुने रकम सम्बन्धित शीर्षकमा उल्लेख गरी विनियोजन विधेयकमा राखिनेछ ।

धारा १२१ – पूरक अनुमानः

धारा १२२ – पेश्की खर्चः

धारा १२३ – उधारो खर्चः

यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक कारण वा बाह्य आक्रमणको आशंका वा आन्तरिक विघ्न वा अन्य कारणले संकटको अवस्था परी धारा ११९ को उपधारा (१) अन्तर्गत चाहिने विवरण खुलाउन अव्यावहारिक वा राज्यको सुरक्षा वा हितका दृष्टिले अवाञ्छनीय देखिएमा नेपाल सरकारको अर्थमन्त्रीले व्ययको विवरण मात्र भएको उधारो खर्च विधेयक प्रतिनिधि सभामा पेश गर्न सक्नेछ ।

धारा १२४ – संघीय आकस्मिक कोषः

धारा १२५ – आर्थिक कार्यविधि सम्बन्धी ऐनः

संघीय ऐन बमोजिम विनियोजित रकम एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्ने र आर्थिक कार्यविधि सम्बन्धी अन्य व्यवस्था संघीय ऐन बमोजिम हुनेछ ।

भाग ११

भाग ११ – न्यायपालिका

धारा १२६ देखि १५६ सम्म

धारा १२६ – न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग हुनेः

धारा १२७ – अदालतहरूः

धारा १२८ – सर्वोच्च अदालतः

धारा १२९ – नेपालको प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यताः

स्पष्टीकरणः यो संविधान लागू हुनुभन्दा पहिले पुनरावेदन अदालतमा मुख्य न्यायाधीश वा न्यायाधीश भई काम गरेको अवधिलाई यो उपधाराको प्रयोजनका लागि उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको हैसियतमा काम गरेको अवधि मानिनेछ ।

धारा १३० – प्रधान न्यायाधीश तथा न्यायाधीशको सेवाका शर्त तथा सुविधाः

धारा १३१ – प्रधान न्यायाधीश वा सर्वाेच्च अदालतको न्यायाधीशको पद रिक्त हुने:

देहायको कुनै अवस्थामा प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुनेछः–

धारा १३२ – प्रधान न्यायाधीश तथा सर्वाेच्च अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुनेः

धारा १३३ – सर्वोच्च अदालतको अधिकार क्षेत्रः

धारा १३४ – मुद्दा सार्न सक्नेः

धारा १३५ बहस पैरवी गर्न नपाउनेः

प्रधान न्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीशले सेवानिवृत्त भएपछि कुनै पनि अड्डा अदालतमा बहस पैरवी, मेलमिलाप वा मध्यस्थता सम्बन्धी कार्य गर्न पाउने छैन ।

धारा १३६ – प्रधान न्यायाधीशको जिम्मेवारीः

सर्वोच्च अदालत र मातहतका अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायहरूको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको हुनेछ ।

धारा १३७ – संवैधानिक इजलासको गठनः

धारा १३८ – वार्षिक प्रतिवेदनः

धारा १३९ – उच्च अदालतः

धारा १४० – उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यताः

धारा १४१ – मुख्य न्यायाधीश तथा न्यायाधीशको सेवाका शर्त तथा सुविधाः

धारा १४२ – मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुनेः

धारा १४३ – मुख्य न्यायाधीश तथा न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्थाः

धारा १४४ – उच्च अदालतको अधिकार क्षेत्रः

तर अधिकार क्षेत्रको अभाव भएकोमा बाहेक संघीय संसद वा प्रदेश सभाको आन्तरिक काम कारबाही र संघीय संसद वा प्रदेश सभाले चलाएको विशेषाधिकारको कारबाही र तत्सम्बन्धमा तोकेको सजायमा यस उपधारा बमोजिम उच्च अदालतले हस्तक्षेप गर्ने छैन ।

धारा १४५ – मुद्दा सार्न सक्नेः

धारा १४६ – बहस पैरवी गर्न पाउनेः

उच्च अदालतको न्यायाधीश भई सेवानिवृत्त भएको व्यक्तिले आपूmले न्यायाधीशको हैसियतमा सेवा गरेका उच्च अदालत र मातहतका अदालत बाहेक अन्य उच्च अदालत र सर्वोच्च अदालतमाठघ उपस्थित भई बहस पैरवी गर्न पाउनेछ ।

धारा १४७ – मुख्य न्यायाधीशको जिम्मेवारीः

उच्च अदालत र त्यसको मातहतको अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारी मुख्य न्यायाधीशको हुनेछ । सो प्रयोजनका लागि मुख्य न्यायाधीशले यस संविधान तथा संघीय कानूनको अधीनमा रही मातहतका अदालत तथा न्यायिक निकायलाई आवश्यक निर्देशन दिन सक्नेछ ।

धारा १४८ – जिल्ला अदालतः

धारा १४९ – जिल्ला अदालतको न्यायाधीशको नियुक्ति, योग्यता तथा पारिश्रमिक र सेवाकाअन्य शर्तः

तर चरम आर्थिक विश्रृंखलताका कारण संकटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

धारा १५० – जिल्ला न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्थाः

धारा १५१ – जिल्ला अदालतको अधिकार क्षेत्रः

धारा १५२ – विशिष्टीकृत अदालतः

धारा १५३ – न्याय परिषदः

धारा १५४ – न्याय सेवा आयोगः

स्पष्टीकरणः यस धाराको प्रयोजनका लागि संघीय न्याय सेवाको राजपत्रांकित पदमा नियुक्ति गर्दा लिइने खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षा लोक सेवा आयोगले लिनेछ ।

धारा १५५ – सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्थाः

संघीय न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था संघीय ऐन बमोजिम हुनेछ ।

धारा १५६ – प्रदेश न्याय सेवा आयोग सम्बन्धी व्यवस्थाः

प्रदेश न्याय सेवा आयोगको गठन र प्रदेश न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।

भाग १२

भाग १२ – महान्यायाधिवक्ता

धारा १५७ देखि १६१ सम्म

धारा १५७ – महान्यायाधिवक्ताः

धारा १५८ – महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकारः

धारा १५९ – वार्षिक प्रतिवेदनः

धारा १६० – मुख्य न्यायाधिवक्ताः

धारा १६१ – सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्थाः

सरकारी वकील तथा महान्यायाधिवक्ताको मातहतमा रहने अन्य कर्मचारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था संघीय ऐन बमोजिम हुनेछ ।

भाग १३

भाग १३ – प्रदेश कार्यपालिका

धारा १६२ देखि १७४ सम्म

धारा १६२ – प्रदेशको कार्यकारिणी अधिकारः

धारा १६३ – प्रदेश प्रमुख सम्बन्धी व्यवस्थाः

धारा १६४ – प्रदेश प्रमुखको योग्यताः

देहायको योग्यता भएको व्यक्ति प्रदेश प्रमुख हुनका लागि योग्य हुनेछ ः–

धारा १६५ – प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाः

धारा १६६ – प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारः

धारा १६७ – प्रदेश प्रमुखको शपथः

प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

धारा १६८ – प्रदेश मन्त्रिपरिषदको गठनः

स्पष्टीकरण: यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ ।

धारा १६९ – मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुुने अवस्थाः

तर मुख्यमन्त्रीको मृत्यु भएमा अर्काे मुख्यमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले मुख्यमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ ।

धारा १७० – प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्नेः

धारा १७१ – मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधाः

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुविधा प्रदेश ऐन बमोजिम हुनेछ । त्यस्तो ऐन नबनेसम्म प्रदेश सरकारले तोके बमोजिम हुनेछ ।

धारा १७२ – शपथः

मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।

धारा १७३ – प्रदेश प्रमुखलाई जानकारी दिनेः

मुख्यमन्त्रीले देहायका विषयमा प्रदेश प्रमुखलाई जानकारी दिनेछः–

धारा १७४ – प्रदेश सरकारको कार्य सञ्चालनः

भाग १४

भाग १४ – प्रदेश व्यवस्थापिका

धारा १७५ देखि १९६ सम्म

धारा १७५ – प्रदेश व्यवस्थापिकाः

प्रदेशको व्यवस्थापिका एकसदनात्मक हुनेछ जसलाई प्रदेश सभा भनिनेछ ।

धारा १७६ – प्रदेश सभाको गठनः

स्पष्टीकरण:

यस भागको प्रयोजनका लागि “खस आर्य” भन्नाले क्षेत्री, ब्राम्हण, ठकुरी, संन्यासी (दशनामी) समुदाय सम्झनु पर्छ । (७) उपधारा (६) बमोजिम राजनीतिक दलले उम्मेदवारी दिंदा अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नु पर्नेछ ।

धारा १७७ – प्रदेश सभाको कार्यकालः

धारा १७८ – प्रदेश सभाको सदस्यका लागि योग्यताः

स्पष्टीकरण:

यस खण्डको प्रयोजनका लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।

धारा १७९ – प्रदेश सभाका सदस्यको शपथः

प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनु पर्नेछ ।

धारा १८० – प्रदेश सभा सदस्यको स्थान रिक्त हुनेः

देहायको कुनै अवस्थामा प्रदेश सभाका सदस्यको स्थान रिक्त हुनेछः–

धारा १८१ – प्रदेश सभा सदस्यको अयोग्यता सम्बन्धी निर्णयः

प्रदेश सभाको कुनै सदस्य धारा १७८ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर्नेछ ।

धारा १८२ – प्रदेश सभाको सभामुख र उपसभामुखः

तर प्रदेश सभामा एक भन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य
प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा पर्ने छैन ।

धारा १८३ – प्रदेश सभाको अधिवेशनको आव्हान र अन्त्यः

तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महीनाभन्दा बढी हुने छैन ।

त्यसरी तोकिएको मिति र समयमा प्रदेश सभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ ।

धारा १८४ – प्रदेश प्रमुखबाट सम्बोधनः

धारा १८५ – प्रदेश सभाको गणपूरक संख्याः

यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक प्रदेश सभाको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गरिने छैन ।

धारा १८६ – प्रदेश सभामा मतदानः

प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन ।

तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ ।

धारा १८७ – प्रदेश सभाको विशेषाधिकार:

स्पष्टीकरण:

यस उपधारा र उपधारा (१), (२), (३) र (४) को प्रयोजनका लागि “प्रदेश सभा” भन्नाले प्रदेश सभाको समितिको बैठक समेतलाई
जनाउँछ ।

तर प्रदेश सभालाई सन्तोष हुने गरी त्यस्तो व्यक्तिले क्षमायाचना गरेमा त्यस्तो सभाले क्षमा प्रदान गर्न वा तोकिसकेको सजायलाई माफी वा
कम गर्न सक्नेछ ।

धारा १८८ – विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्थाः

तर मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको एक वर्ष भित्र त्यस्तो अविश्वासको प्रस्ताव पेश गर्न सकिने छैन ।

धारा १८९ – मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा भाग लिन पाउनेः

मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभा र त्यसको समितिको बैठकमा उपस्थित हुन र कारबाही तथा छलफलमा भाग लिन
पाउनेछ ।तर प्रदेश सभाको सदस्य नभएको मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा वा त्यसको समितिमा मतदान गर्न र प्रदेश
सभाको सदस्य रहेको मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्रीले आफू सदस्य रहेको समिति बाहेकको समितिको बैठकमा मतदान गर्न पाउने छैन ।

धारा १९० – प्रदेश सभामा अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजायः

धारा १७९ बमोजिम शपथ नलिएको वा प्रदेश सभाको सदस्य नभएको कुनै व्यक्ति सदस्यको हैसियतले प्रदेश सभा वा त्यसको समितिको बैठकमा उपस्थित भएमा वा मतदान गरेमा निजलाई त्यस्तो बैठकको अध्यक्षता गर्ने व्यक्तिको आदेशले त्यसरी उपस्थित भएको वा मतदान गरेको प्रत्येक पटकका लागि पाँच हजार रुपैयाँ जरिबाना हुनेछ र त्यस्तो जरिबाना सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

धारा १९१ – बहसमा बन्देजः

नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा प्रदेश सभामा कुनै छलफल गरिने छैन ।

धारा १९२ – सदस्यको स्थान रिक्त रहेको अवस्थामा प्रदेश सभाको कार्य सञ्चालनः

प्रदेशसभाको कुनै सदस्यको स्थान रिक्त रहेको अवस्थामा समेत प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न सक्नेछ र प्रदेश सभाको कारबाहीमा भाग लिन नपाउने कुनै व्यक्तिले भाग लिएको कुरा पछि पत्ता लाग्यो भने पनि भइसकेको कार्य अमान्य हुने छैन ।

धारा १९३ – प्रदेश सभाले समिति गठन गर्न सक्नेः

प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले नियमावली बमोजिम आवश्यकता अनुसार समिति वा विशेष समिति गठन गर्न सक्नेछ ।

धारा १९४ – प्रदेश सभाको कार्य सञ्चालन विधिः

प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम, कारबाही र समिति सम्बन्धी अन्य विषय नियमित गर्नका लागि नियमावली बनाउनेछ । त्यसरी नियमावली नबनेसम्म प्रदेश सभाले आफ्नो कार्यविधि आफैं नियमित गर्नेछ ।

धारा १९५ – प्रदेश सभाको सचिव र सचिवालयः

धारा १९६ – पारिश्रमिकः

प्रदेश सभाको सभामुख, उपसभामुख तथा सदस्यको पारिश्रमिक र सुविधा प्रदेश कानून बमोजिम हुनेछ । त्यस्तो कानून नबनेसम्म प्रदेश सरकारले तोके बमोजिम हुनेछ ।

भाग १५

भाग १५ – प्रदेश व्यवस्थापन कार्यविधि

धारा १९७ देखि २०२ सम्म

धारा १९७ – प्रदेश सभाको व्यवस्थापिकीय अधिकारः

प्रदेश सभाको व्यवस्थापिकीय अधिकार अनुसूची–६, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।

धारा १९८ – प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने विधिः

तर कुनै अनुमतिपत्र दस्तुर, निवेदन दस्तुर, नवीकरण दस्तुर जस्ता दस्तुर, शुल्क वा महसूल लगाउने वा कुनै जरिवाना वा कैद हुने व्यवस्था
भएको कारणले मात्र कुनै विधेयक अर्थ विधेयक मानिने छैन ।

धारा १९९ – विधेयक पारित गर्ने विधिः

तर कुनै विधेयक प्रदेश सभामा विचाराधीन रहेको अवस्थामा प्रदेश सभा विघटन भएमा वा सो सभाको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।

धारा २०० – विधेयक फिर्ता लिन सक्नेः

विधेयक प्रस्तुतकर्ताले प्रदेश सभाको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।

धारा २०१ – विधेयकमा प्रमाणीकरणः

तर अर्थ विधेयकका हकमा अर्थ विधेयक हो भनी प्रदेश सभामुखले प्रमाणित गर्नु पर्नेछ ।

धारा २०२ – अध्यादेशः

तर त्यस्तो प्रत्येक अध्यादेश,–

भाग १६

भाग १६ – प्रदेश आर्थिक कार्यप्रणाली

धारा २०३ देखि २१३ सम्म

धारा २०३ – कर लगाउन वा ऋण लिन नपाइनेः

धारा २०४ – प्रदेश सञ्चित कोषः

गुठी रकम बाहेक प्रदेश सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जा, प्रदेश ऐनको अधिकार अन्तर्गत दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त भएको सबै धन र नेपाल सरकारबाट प्राप्त हुने अनुदान एवं ऋण रकम प्रदेश ऐनद्वारा अर्को कुनै व्यवस्था नगरिएमा एक प्रदेश सरकारी कोषमा आम्दानी बाँधिनेछ जसलाई प्रदेश सञ्चित कोष भनिनेछ ।

धारा २०५ – प्रदेश सञ्चित कोष वा प्रदेश सरकारी कोषबाट व्ययः

देहायका रकम बाहेक प्रदेश सञ्चित कोष वा अन्य कुनै प्रदेश सरकारी कोषबाट कुनै रकम झिक्न सकिने छैन:–

तर प्रदेश आकस्मिक कोषका हकमा धारा २१२ बमोजिम हुनेछ ।

धारा २०६ – प्रदेश सञ्चित कोषमाथि व्ययभारः

देहायका विषयसँग सम्बन्धित खर्च प्रदेश सञ्चित कोषमाथि व्ययभार हुनेछ र त्यस्तो व्ययका लागि प्रदेश सभाको स्वीकृति आवश्यक पर्ने छैन:–(क) प्रदेश सभामुख र प्रदेश उपसभामुखलाई दिइने पारिश्रमिक र सुविधाका रकम,
(ख) प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यलाई दिईने पारिश्रमिक र सुविधाका रकम,
(ग) प्रदेश सरकारको दायित्वको ऋण सम्बन्धी व्ययभार,
(घ) प्रदेश सरकारको विरुद्ध अदालतबाट भएको फैसला वा आदेश अनुसार तिर्नु पर्ने रकम, र
(ङ) प्रदेश कानूनले प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने भनी निर्धारण गरेको रकम ।

धारा २०७ – राजस्व र व्ययको अनुमान:

२) उपधारा (१) बमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेश गर्नु पर्नेछ ।

धारा २०८ – प्रदेश विनियोजन ऐनः

प्रदेश विनियोजन ऐन बमोजिम व्यय हुने रकम शीर्षकमा उल्लेख गरी विनियोजन विधेयकमा राखिनेछन् ।

धारा २०९ – पूरक अनुमानः

धारा २१० – पेश्की खर्चः

धारा २११ – उधारो खर्चः

यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक कारण वा अन्य कारणले गर्दा प्रदेशमा संकटको अवस्था परी धारा २०७ को उपधारा (१) बमोजिम चाहिने विवरण खुलाउन अव्यावहारिक वा प्रदेशको सुरक्षा वा हितको दृष्टिले अवाञ्छनीय देखिएमा प्रदेशको अर्थमन्त्रीले व्ययको विवरण मात्र भएको उधारो खर्च विधेयक प्रदेश सभा समक्ष पेश गर्न सक्नेछ ।

धारा २१२ – प्रदेश आकस्मिक कोषः

धारा २१३ – आर्थिक कार्यविधि सम्बन्धी ऐनः

प्रदेश ऐन बमोजिम विनियोजित रकम एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्ने र आर्थिक कार्यविधि सम्बन्धी अन्य व्यवस्था प्रदेश ऐन बमोजिम हुनेछ ।

भाग १७

भाग १७ – स्थानीय कार्यपालिका

धारा २१४ देखि २२० सम्म

धारा २१४ – स्थानीय तहको कार्यकारिणी अधिकारः

धारा २१५ – गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष सम्बन्धी व्यवस्थाः

स्पष्टीकरणः यस धाराको प्रयोजनका लागि “अध्यक्ष र उपाध्यक्ष” भन्नाले गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष सम्झनु पर्छ ।

धारा २१६ – नगर कार्यपालिका प्रमुख र उपप्रमुख सम्बन्धी व्यवस्थाः

स्पष्टीकरणः यस धाराको प्रयोजनका लागि “प्रमुख र उपप्रमुख” भन्नाले नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख सम्झनु पर्छ ।

धारा २१७ – न्यायिक समितिः

धारा २१८ – गाउँ कार्यपालिका र नगर कार्यपालिकाको कार्य सञ्चालनः

गाउँ कार्यपालिका र नगर कार्यपालिकाबाट स्वीकृत नियमावली बमोजिम गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कार्य विभाजन र कार्य सम्पादन हुनेछ ।

धारा २१९ – स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्थाः

यस भागमा लेखिए देखि बाहेक स्थानीय तहको कार्यकारिणी सम्बन्धी अन्य व्यवस्था यस संविधानको अधीनमा रही संघीय कानून बमोजिम हुनेछ ।

धारा २२० – जिल्ला सभा र जिल्ला समन्वय समितिः

भाग १८

भाग १८ – स्थानीय व्यवस्थापिका

धारा २२१ देखि २२७ सम्म

धारा २२१ – स्थानीय तहको व्यवस्थापिकीय अधिकारः

धारा २२२ – गाउँ सभाको गठनः

धारा २२३ – नगर सभाको गठनः

धारा २२४ – गाउँ सभा र नगर सभाको अध्यक्ष र उपाध्यक्षः

गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिकाको प्रमुख र उपप्रमुखले क्रमशः गाउँ सभा र नगर सभाको पदेन अध्यक्ष र उपाध्यक्ष भई कार्य सम्पादन गर्नेछ ।

धारा २२५ – गाउँ सभा र नगर सभाको कार्यकालः

गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ । त्यस्तो कार्यकाल समाप्त भएको छ महीनाभित्र अर्काे गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नु पर्नेछ ।

धारा २२६ – कानून बनाउन सक्नेः

धारा २२७ – गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्थाः

गाउँ सभा र नगर सभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था, गाउँ सभा र नगर सभाका सदस्यले पाउने सुविधा, गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ ।

भाग १९

भाग १९ – स्थानीय आर्थिक कार्यप्रणाली

धारा २२८ देखि २३० सम्म

धारा २२८ – कर लगाउन वा ऋण लिन नपाइनेः

धारा २२९ – स्थानीय सञ्चित कोषः

धारा २३० – गाउँपालिका र नगरपालिकाको राजस्व र व्ययको अनुमानः

भाग २०

भाग २० – संघ, प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध

धारा २३१ देखि २३७ सम्म

धारा २३१ – संघ र प्रदेश बीचको व्यवस्थापिकीय अन्तरसम्बन्धः

धारा २३२ – संघ, प्रदेश र स्थानीय तह बीचको सम्बन्धः

धारा २३३ – प्रदेश–प्रदेश बीचको सम्बन्धः

धारा २३४ – अन्तर प्रदेश परिषदः

धारा २३५ – संघ, प्रदेश र स्थानीय तह बीचको समन्वयः

धारा २३६ – अन्तर प्रदेश व्यापारः

यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एक प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तार वा कुनै प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै किसिमको बाधा अवरोध गर्न वा कुनै कर, शुल्क, दस्तुर वा महसूल लगाउन वा त्यस्तो सेवा वा वस्तुको ढुवानी वा विस्तारमा कुनै किसिमको भेदभाव गर्न पाइने छैन ।

धारा २३७ – सर्वाेच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा असर नपर्नेः

यस भागमा लेखिएको कुनै कुराले धारा १३७ बमोजिमको सर्वाेच्च अदालतको संवैधानिक इजलासको अधिकार क्षेत्रमा कुनै असर पर्ने छैन ।

भाग २१

भाग २१ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग

धारा २३८ देखि २३९ सम्म

धारा २३८ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगः

  • गरेको,

धारा २३९ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारः

भाग २२

भाग २२ – महालेखा परीक्षक

धारा २४० देखि २४१ सम्म

धारा २४० – महालेखा परीक्षकः

धारा २४१ – महालेखा परीक्षकको काम, कर्तव्य र अधिकार:

भाग २३

भाग २३ – लोक सेवा आयोग

धारा २४२ देखि २४४ सम्म

धारा २४२ – लोक सेवा आयोग:

धारा २४३ – लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारः

स्पष्टीकरणः यस धाराको प्रयोजनका लागि “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ ।

धारा २४४ – प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यवस्थाः

भाग २४

भाग २४ – निर्वाचन आयोग

धारा २४५ देखि २४७ सम्म

धारा २४५ – निर्वाचन आयोग:

धारा २४६ – निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारः

धारा २४७ – आवश्यक सहयोग गर्नु पर्नेः

यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ ।

भाग २५

भाग २५ – राष्ट्रिय मानव अधिकार आयोग

धारा २४८ देखि २४९ सम्म

धारा २४८ – राष्ट्रिय मानव अधिकार आयोगः

धारा २४९ – राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य र अधिकारः

भाग २६

भाग २६ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

धारा २५० देखि २५१ सम्म

धारा २५० – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगः

तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबीन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा पुर्‍याएको मानिने छैन ।

धारा २५१ – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकारः

भाग २७

भाग २७ – अन्य आयोगहरू

धारा २५२ देखि २६५ सम्म

धारा २५२ – राष्ट्रिय महिला आयोग:

तर चरम आर्थिक विश्रृंखलताका कारण संकटकाल घोषणा भएको खलताका कारण भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

धारा २५३ – राष्ट्रिय महिला आयोगको काम, कर्तव्य र अधिकार:

धारा २५४ – प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने:

राष्ट्रिय महिला आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।

धारा २५५ – राष्ट्रिय दलित आयोग:

तर चरम आर्थिक विश्रृंखलताका कारण संकटकाल घोषणा भएको यो व्यवस्था लागू हुने छैनअवस्थामा यो व्यवस्था लागू हुने छैन

धारा २५६ – राष्ट्रिय दलित आयोगको काम, कर्तव्य र अधिकार:

धारा २५७ – प्रदेशमा कार्यालय स्थापना गर्न सक्ने:

राष्ट्रिय दलित आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।

धारा २५८ – राष्ट्रिय समावेशी आयोग:

तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिनेछ र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिनेछ ।(६) देहायको योग्यता भएको व्यक्ति राष्ट्रिय समावेशी आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्ति हुन योग्य हुनेछः –

तर चरम आर्थिक विश्रृंखलताका कारण संकटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबीन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेश गर्ने कुनै पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा पु¥याएको मानिने छैन ।

धारा २५९ – राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार:

  • नीति तथा कानूनको कार्यान्वयन अवस्थाको अध्ययन गरी सुधारका लागि नेपाल सरकारलाई सुझाव दिने,

धारा २६० – प्रदेशमा कार्यालय स्थापना गर्न सक्नेः

राष्ट्रिय समावेशी आयोगले आवश्यकता अनुसार प्रदेशमा आफ्नो कार्यालय स्थापना गर्न सक्नेछ ।

धारा २६१ – आदिवासी जनजाति आयोगः

धारा २६२ – मधेशी आयोग:

धारा २६३ – थारू आयोग:

धारा २६४ – मुस्लिम आयोग:

धारा २६५ – आयोगको पुनरावलोकन:

यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्ष पछि पुनरावलोकन गर्नेछ ।

भाग २८

भाग २८ – राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था

धारा २६६ देखि २६८ सम्म

धारा २६६ – राष्ट्रिय सुरक्षा परिषद:

धारा २६७ – नेपाली सेना सम्बन्धी व्यवस्था:

धारा २६८ – नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान संगठन सम्बन्धी व्यवस्था:

भाग २९

भाग २९ – राजनीतिक दल सम्बन्धी व्यवस्था

धारा २६९ देखि २७२ सम्म

धारा २६९ – राजनीतिक दलको गठन, दर्ता र सञ्चालन:

धारा २७० – राजनीतिक दललाई प्रतिबन्ध लगाउन बन्देज:

धारा २७१ – राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनु पर्ने:

धारा २७२ – राजनीतिक दल सम्बन्धी अन्य व्यवस्था:

राजनीतिक दलको गठन, दर्ता, सञ्चालन र सुविधा तथा तत्सम्बन्धी अन्य विषय संघीय कानून बमोजिम हुनेछ ।

भाग ३०

भाग ३० – संकटकालीन अधिकार

धारा २७३ देखि २७३ सम्म

धारा २७३ – संकटकालीन व्यवस्था:

तर धारा १६, धारा १७ को उपधारा (२) को खण्ड (ग) र (घ), धारा १८, धारा १९ को उपधारा (२), धारा २०, २१, २२, २४, धारा २६ को उपधारा (१), २९, ३०, ३१, ३२, ३५, ३६ को उपधारा (१) र (२), ३८, ३९, ४० को उपधारा (२) र (३), ४१, ४२, ४३, ४५ र धारा ४६ बमोजिमको संवैधानिक उपचारको हक र बन्दी प्रत्यक्षीकरणको उपचार प्राप्त गर्ने हक निलम्बन गरिने छैन ।

भाग ३१

भाग ३१ – संविधान संशोधन

धारा २७४ देखि २७४ सम्म

धारा २७४ – संविधान संशोधन:

भाग ३२

भाग ३२ – विविध

धारा २७५ देखि २९४ सम्म

धारा २७५ – जनमत संग्रह सम्बन्धी व्यवस्था:

धारा २७६ – माफी:

राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ ।

धारा २७७ – उपाधि, सम्मान र विभूषण:

धारा २७८ – सन्धि सम्पन्न गर्ने अधिकार:

धारा २७९ – सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन:

तर खण्ड (क) र (घ) मा उल्लिखित विषयका सन्धि वा सम्झौता मध्ये राष्ट्रलाई व्यापक, गम्भीर वा दीर्घकालीन असर नपर्ने साधारण प्रकृतिका सन्धि वा सम्झौताको अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन प्रतिनिधि सभाको बैठकमा उपस्थित सदस्यहरूको साधारण बहुमतबाट हुन सक्नेछ ।(३) यो संविधान प्रारम्भ भएपछि हुने कुनै सन्धि वा सम्झौता यस धारा बमोजिम अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन नभएसम्म नेपाल सरकार वा नेपालको हकमा लागू हुने छैन ।
(४) उपधारा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालको भौगोलिक अखण्डतामा प्रतिकूल असर पर्ने गरी कुनै सन्धि वा सम्झौता गरिने छैन ।

धारा २८० – राष्ट्रपतिको कार्य गर्ने सम्बन्धी विशेष व्यवस्था:

यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएमा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन भई कार्यभार नसम्हालेसम्म यस संविधान बमोजिम राष्ट्रपतिबाट गरिने कार्य प्रतिनिधि सभाको सभामुखले सम्पादन गर्नेछ ।

धारा २८१ – विशेष अधिकारको समीक्षा तथा पुनरावलोकन:

नेपाल सरकारले प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणनासँगै महिला तथा दलित समुदायको विशेष अधिकारको व्यवस्थाको कार्यान्वयन र त्यसको प्रभाव सम्बन्धमा मानव विकास सूचकांकको आधारमा समीक्षा तथा पुनरावलोकन गर्नेछ ।

धारा २८२ – राजदूत र विशेष प्रतिनिधि:

धारा २८३ – समावेशी सिद्धान्त बमोजिम नियुक्ति गर्नु पर्ने:

संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिनेछ ।

धारा २८४ – संवैधानिक परिषद सम्बन्धी व्यवस्था:

धारा २८५ – सरकारी सेवाको गठन:

धारा २८६ – निर्वाचन क्षेत्र निर्धारण आयोग:

धारा २८७ – भाषा आयोग:

धारा २८८ – राजधानी:

धारा २८९ – पदाधिकारीको नागरिकता सम्बन्धी विशेष व्यवस्था:

तर नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तीमा दश वर्ष, जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति र धारा ११ को उपधारा (६) बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तीमा पाँच वर्ष नेपालमा बसोबास गरेको हुनु पर्नेछ ।

धारा २९० – गुठी सम्बन्धी व्यवस्था:

धारा २९१ – नियुक्तिका लागि योग्य नहुने:

तर त्यस्तो विदेशको स्थायी आवासीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तीमा तीन महीनाको अवधि व्यतित भए पछि त्यस्तो पदमा निर्वाचित, मनोनीत वा नियुक्त गर्न बाधा पर्ने छैन ।

धारा २९२ – संसदीय सुनुवाई सम्बन्धी व्यवस्था:

धारा २९३ – संवैधानिक निकायको काम कारबाहीको अनुगमनः

संवैधानिक निकायका प्रमुख र पदाधिकारी संघीय संसदप्रति उत्तरदायी र जवाफदेही रहनु पर्नेछ । प्रतिनिधि सभाका समितिले राष्ट्रिय मानव अधिकार आयोग बाहेकका अन्य संवैधानिक निकायको प्रतिवेदन लगायतका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन सक्नेछ ।

धारा २९४ – संवैधानिक निकायको वार्षिक प्रतिवेदन:

भाग ३३

भाग ३३ – संक्रमणकालीन व्यवस्था

धारा २९५ देखि ३०५ सम्म

धारा २९५ – संघीय आयोगको गठन:

धारा २९६ – संविधान सभा व्यवस्थापिका–संसदमा रूपान्तरण हुने:

तर त्यस्तो कार्यकाल पूरा हुनु अगावै यस संविधान बमोजिमको प्रतिनिधि सभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद कायम रहनेछ ।

धारा २९७ – राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था:

धारा २९८ – मन्त्रिपरिषदको गठन सम्बन्धी व्यवस्था:

धारा २९९ – सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था:

धारा ३०० – न्यायपालिका सम्बन्धी व्यवस्था:

धारा ३०१ – संवैधानिक निकाय र पदाधिकारी सम्बन्धी व्यवस्था:

धारा ३०२ – प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालन:

धारा ३०३ – स्थानीय निकाय सम्बन्धी व्यवस्था:

धारा ३०४ – वर्तमान कानून लागू रहने  :

तर यो संविधानसँग बाझिएको कानून यो संविधान बमोजिमको संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्षपछि बाझिएको हदसम्म स्वतः अमान्य हुनेछ ।

धारा ३०५ – बाधा अड्काउ फुकाउने अधिकार :

यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ । त्यस्तो आदेश जारी भए पछि तत्काल बसेको व्यवस्थापिका–संसद वा संघीय संसद समक्ष अनुमोदनका लागि पेश गर्नु पर्नेछ ।

भाग ३४

भाग ३४ – परिभाषा र व्याख्या

धारा ३०६ देखि ३०७ सम्म

धारा ३०६ – परिभाषा र व्याख्या:

धारा ३०७ – संक्षिप्त नाम र प्रारम्भ :

भाग ३५

भाग ३५ – संक्षिप्त नाम, प्रारम्भ र खारेजी

धारा ३०८ देखि ३०८ सम्म

धारा ३०८ – खारेजी:

नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ ।

अनुसूचीहरू (१ देखि ९)

राष्ट्रिय चिन्ह तथा संघ, प्रदेश र स्थानीय तहका अधिकार सूचीहरू

अनुसूची १ – नेपालको राष्ट्रिय झण्डा

(धारा ८ को उपधारा (२) सँग सम्बन्धित)

  • (क) किनाराभित्रको आकार बनाउने तरीका:
  • (ख) चन्द्र बनाउने तरीका
  • (ग) सूर्य बनाउने तरीका

अनुसूची २ – नेपालको राष्ट्रिय गान

(धारा ९ को उपधारा (१) सँंग सम्बन्धित)

सयौ थुँगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची–महाकाली ।
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।

अनुसूची ३ – नेपालको निशान छाप

(धारा ९ को उपधारा (२) सँग सम्बन्धित)

अनुसूची ४ – प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू

(धारा ५६ को उपधारा (३) सँग सम्बन्धित)

अनुसूची ५ – संघको अधिकारको सूची

(धारा ५७ को उपधारा (१) र धारा १०९ सँग सम्बन्धित)

अनुसूची ६ – प्रदेशको अधिकारको सूची

(धारा ५७ को उपधारा (२), धारा १६२ को उपधारा (४), धारा १९७, धारा २३१ को उपधारा (३), धारा २३२ को उपधारा (७), धारा २७४ को उपधारा (४) र धारा २९६को उपधारा (४) सँग सम्बन्धित)

अनुसूची ७ – संघ र प्रदेशको साझा अधिकारको सूची

(धारा ५७ को उपधारा (३), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७ सँग सम्बन्धित)

अनुसूची ८ – स्थानीय तहको अधिकारको सूची

(धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित)

अनुसूची ९ – संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची

(धारा ५७ को उपधारा (५), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७, धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित)