पहिलो संशोधन
प्रमाणीकरण र नेपाल राजपत्रमा प्रकाशन मिति :
२०७२।११।१६
नेपालको संविधान (पहिलो संशोधन), २०७२
नेपालको संविधानको धारा ४२, धारा ८४ र धारा २८६ लाई संशोधन गर्न बनेको ऐन (व्यवस्थापिका-संसद्द्वारा २०७२ माघ ९ गते पारित भई २०७२ फागुन १६ गते राजपत्रमा प्रकाशित)।
संशोधन तालिका (साविक र संशोधित व्यवस्थाको तुलना)
स्रोत: नेपाल राजपत्र २०७२।११।१६| क्र.सं. | सम्बन्धित धारा / उपधारा | विद्यमान व्यवस्था (साविक) | संशोधित व्यवस्था |
|---|---|---|---|
| 1 | धारा ४२ को उपधारा (१) (सामाजिक न्याय) | सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम... | आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका... |
| 2 | धारा ८४ को उपधारा (१) (प्रतिनिधि सभा गठन) | नेपाललाई भूगोल र जनसंख्याको आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र... | जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा... |
| 3 | धारा २८६ को उपधारा (५) (निर्वाचन क्षेत्र निर्धारण) | जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी... | जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी प्रदेशभित्र कम्तीमा एक निर्वाचन क्षेत्र... |
Advertisement