दोस्रो संशोधन प्रमाणीकरण र नेपाल राजपत्रमा प्रकाशन मिति : २०७७।०३।०४

नेपालको संविधान (दोस्रो संशोधन), २०७७

नेपालको संविधानको अनुसूची-३ मा उल्लेखित नेपालको निशान छापभित्र रहेको नेपालको नक्शा अध्यावधिक गर्न बनेको ऐन (२०७७ असार ४ गते प्रमाणीकरण र राजपत्रमा प्रकाशित)।

संशोधनको विवरण (के परिवर्तन भयो ?)

नेपालको संविधानको अनुसूची-३ मा उल्लेखित नेपालको निशान छापभित्र रहेको नेपालको नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको उत्तरी-पश्चिमी भू-भाग समावेश गरी नयाँ अद्यावधिक नक्शा कायम गरिएको हो।

Advertisement