भाग ७ – संघीय कार्यपालिका
भागको विषयवस्तु सार: नेपालको शासन व्यवस्था, संघीय मन्त्रिपरिषद् गठन, प्रधानमन्त्री तथा मन्त्रीहरूको नियुक्ति, कार्यविभाजन र संसदप्रतिको उत्तरदायित्व।
यस भागभित्रका सम्पूर्ण धाराहरू:
धारा ७४ – शासकीय स्वरूपः
नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ ।
धारा ७५ – कार्यकारिणी अधिकारः
(१) नेपालको कार्यकारिणी अधिकार यो संविधान र कानून बमोजिम मन्त्रिपरिषदमा निहित हुनेछ । (२) यो संविधान र कानूनको अधीनमा रही नेपालको शासन व्यवस...
धारा ७६ – मन्त्रिपरिषदको गठनः
(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ...
धारा ७७ – प्रधानमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्थाः
(१) देहायको कुनै अवस्थामा प्रधानमन्त्रीको पद रिक्त हुनेछः– (क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) धारा १०० बमोजिम विश्वासको प्...
धारा ७८ – संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुनेः
(१) धारा ७६ को उपधारा (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई म...
धारा ७९ – प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधाः
प्रधानमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुविधा संघीय ऐन बमोजिम हुनेछ । त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
धारा ८० – शपथः
प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नोे कार्यभार सम्हाल्नु...
धारा ८१ – राष्ट्रपतिलाई जानकारी दिनेः
प्रधानमन्त्रीले देहायका विषयहरूमा राष्ट्रपतिलाई जानकारी गराउनेछ – (क) मन्त्रिपरिषदका निर्णय, (ख) संघीय संसदमा पेश गरिने विधेयक, (ग) खण्ड (क)...
धारा ८२ – नेपाल सरकारको कार्य सञ्चालनः
(१) नेपाल सरकारबाट स्वीकृत नियमावली बमोजिम नेपाल सरकारको कार्य विभाजन र कार्य सम्पादन हुनेछ । (२) उपधारा (१) अन्तर्गतको नियमावलीको पालन भयो...