भाग ६ धारा ६१ देखि ७३ सम्म (13 धारा)

भाग ६ – राष्ट्रपति र उपराष्ट्रपति

भागको विषयवस्तु सार: नेपालको राष्ट्राध्यक्षको रूपमा राष्ट्रपति र उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रणाली, पदावधि, काम, कर्तव्य र अधिकार।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा ६१

धारा ६१ – राष्ट्रपतिः

(१) नेपालमा एक राष्ट्रपति रहनेछ । (२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर...

धारा ६२

धारा ६२ – राष्ट्रपतिको निर्वाचनः

(१) राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसदका सदस्य र प्रदेश सभाका स...

धारा ६३

धारा ६३ – राष्ट्रपतिको पदावधिः

(१) राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ । (२) उपधारा (१) बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्काे निर्वाचित र...

धारा ६४

धारा ६४ – राष्ट्रपतिको योग्यताः

(१) देहायको योग्यता भएको व्यक्ति राष्ट्रपति हुनका लागि योग्य हुनेछः– (क) संघीय संसदको सदस्य हुन योग्य भएको, (ख) कम्तीमा पैंतालिस वर्ष उमेर प...

धारा ६५

धारा ६५ – राष्ट्रपतिको पद रिक्त हुने अवस्थाः

देहायको कुनै अवस्थामा राष्ट्रपतिको पद रिक्त हुनेछः– (क) निजले उपराष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको विरुद्ध धारा १०१ बमोजिम महा...

धारा ६६

धारा ६६ – राष्ट्रपतिको काम, कर्तव्य र अधिकारः

(१) राष्ट्रपतिले यो संविधान वा संघीय कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ । (२) उपधारा (१) बमोजिम अधिकारको प्...

धारा ६७

धारा ६७ – उपराष्ट्रपतिः

(१) नेपालमा एक उपराष्ट्रपति रहनेछ । (२) राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ । (३) निर्वाचन...

धारा ६८

धारा ६८ – उपराष्ट्रपतिको पद रिक्त हुने अवस्थाः

देहायको कुनै अवस्थामा उपराष्ट्रपतिको पद रिक्त हुनेछः– (क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको विरुद्ध धारा १०१ बमोजिम महा...

धारा ६९

धारा ६९ – उपराष्ट्रपति सम्बन्धी अन्य व्यवस्थाः

उपराष्ट्रपतिको योग्यता, निर्वाचन प्रक्रिया, पदावधि सम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ ।

धारा ७०

धारा ७० – राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुनेः

यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।

धारा ७१

धारा ७१ – राष्ट्रपति र उपराष्ट्रपतिको शपथः

राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम राष्ट्रपतिले प्रधान न्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति...

धारा ७२

धारा ७२ – राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाः

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा संघीय ऐन बमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

धारा ७३

धारा ७३ – राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयः

(१) राष्ट्रपति र उपराष्ट्रपतिको कार्य सम्पादनका लागि छुट्टाछुट्टै कार्यालय रहनेछ । (२) उपधारा (१) बमोजिमको कार्यालयको काम कारबाही सञ्चालन गर...

Advertisement