भाग ८ धारा ८३ देखि १०८ सम्म (26 धारा)

भाग ८ – संघीय व्यवस्थापिका

भागको विषयवस्तु सार: प्रतिनिधि सभा (२७५ सदस्य) र राष्ट्रिय सभा (५९ सदस्य) मिलेर बन्ने दुई सदनात्मक संघीय व्यवस्थापिकाको गठन तथा कार्यसञ्चालन।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा ८३

धारा ८३ – संघीय व्यवस्थापिकाः

प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ ।

धारा ८४

धारा ८४ – प्रतिनिधि सभाको गठनः

(१) प्रतिनिधि सभामा देहाय बमोजिमका दुई सय पचहत्तर सदस्य रहनेछन्ः– (क) नेपाललाई जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा एक सय पैंस...

धारा ८५

धारा ८५ – प्रतिनिधि सभाको कार्यकालः

(१) यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ । (२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि...

धारा ८६

धारा ८६ – राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधिः

(१) राष्ट्रिय सभा एक स्थायी सदन हुनेछ । (२) राष्ट्रिय सभामा देहाय बमोजिमका उनान्साठी सदस्य रहनेछन्ः– (क) प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध...

धारा ८७

धारा ८७ – सदस्यका लागि योग्यताः

(१) देहायको योग्यता भएको व्यक्ति संघीय संसदको सदस्य हुन योग्य हुनेछः– (क) नेपालको नागरिक, (ख) प्रतिनिधि सभाका लागि पच्चीस वर्ष र राष्ट्रिय स...

धारा ८८

धारा ८८ – शपथः

संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम शपथ लिनु पर्नेछ ।

धारा ८९

धारा ८९ – स्थानको रिक्तताः

देहायको कुनै अवस्थामा संघीय संसदको सदस्यको स्थान रिक्त हुनेछः– (क) निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको धारा ८७ बमो...

धारा ९०

धारा ९० – सदस्यका लागि अयोग्यता सम्बन्धी निर्णयः

संघीय संसदको कुनै सदस्य धारा ८७ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर...

धारा ९१

धारा ९१ – प्रतिनिधि सभाको सभामुख र उपसभामुखः

(१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुख...

धारा ९२

धारा ९२ – राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षः

(१) राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक...

धारा ९३

धारा ९३ – अधिवेशनको आव्हान र अन्त्यः

(१) राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछ । त्यस...

धारा ९४

धारा ९४ – गणपूरक संख्याः

यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा...

धारा ९५

धारा ९५ – राष्ट्रपतिबाट सम्बोधनः

(१) राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।...

धारा ९६

धारा ९६ – उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले दुवै सदनको बैठकमा भाग लिन पाउनेः

उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीले संघीय संसदको कुनै सदन वा त्यसको समितिमा उपस्थित हुन र कारबाही तथा छलफलमा भाग लिन प...

धारा ९७

धारा ९७ – समितिको गठनः

(१) प्रतिनिधि सभा र राष्ट्रिय सभाले संघीय कानून बमोजिम समितिहरू गठन गर्न सक्नेछन् । (२) संघीय संसदको दुई सदनका बीचको कार्यप्रणालीलाई व्यवस्थ...

धारा ९८

धारा ९८ – सदस्यको स्थान रिक्त रहेको अवस्थामा सदनको कार्य सञ्चालनः

संघीय संसदकोे कुनै सदस्यको स्थान रिक्त भए पनि सदनले आफ्नो कार्य सञ्चालन गर्न सक्नेछ । संघीय संसदको कुनै सदनको कारबाहीमा भाग लिन नपाउने कुनै...

धारा ९९

धारा ९९ – मतदानः

यस संविधानमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक संघीय संसदको कुनै सदनमा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान...

धारा १००

धारा १०० – विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्थाः

(१) प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रति...

धारा १०१

धारा १०१ – महाभियोगः

(१) यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति व...

धारा १०२

धारा १०२ – अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजायः

धारा ८८ बमोजिम शपथ नलिएको वा संघीय संसदको सदस्य नभएको कुनै व्यक्ति सदस्यको हैसियतले संघीय संसदको कुनै सदन वा त्यसको समितिको बैठकमा उपस्थित भ...

धारा १०३

धारा १०३ – विशेषाधिकारः

(१) यस संविधानको अधीनमा रही संघीय संसदको दुवै सदनमा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र सदनमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुन...

धारा १०४

धारा १०४ – कार्य सञ्चालन विधिः

(१) संघीय संसदको प्रत्येक सदनले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम, कारबाही र कुनै सदन वा समितिको...

धारा १०५

धारा १०५ – बहसमा बन्देजः

नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको...

धारा १०६

धारा १०६ – संघीय संसदको महासचिव र सचिवः

(१) राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिव, सभामुखको सिफारिसमा प्रतिनिध...

धारा १०७

धारा १०७ – संघीय संसदको सचिवालयः

संघीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहनेछ । त्यस्तो सचिवालयको स्थापना र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बम...

धारा १०८

धारा १०८ – पारिश्रमिकः

प्रतिनिधि सभाको सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, समितिका सभापति तथा संघीय संसदका सदस्यहरूको पारिश्रमिक र सुविधा संघीय...

Advertisement