भाग ९ – संघीय व्यवस्थापन कार्यविधि
भागको विषयवस्तु सार: संघीय संसदमा विधेयक प्रस्तुत गर्ने, छलफल गर्ने, दुवै सदनबाट पारित गर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने कार्यविधि।
यस भागभित्रका सम्पूर्ण धाराहरू:
धारा १०९ – संघीय संसदको व्यवस्थापिकीय अधिकारः
संघीय संसदको व्यवस्थापिकीय अधिकार अनुसूची–५, अनुसूची–७ र अनुसूची–९ बमोजिमको सूचीमा उल्लेख भए बमोजिम हुनेछ ।
धारा ११० – विधेयक प्रस्तुत गर्ने विधिः
(१) यस संविधानको अधीनमा रही संघीय संसदको कुनै पनि सदनमा विधेयक प्रस्तुत गर्न सकिनेछ । तर अर्थ विधेयक प्रतिनिधि सभामा मात्र प्रस्तुत गरिनेछ ।...
धारा १११ – विधेयक पारित गर्ने विधिः
(१) संघीय संसदको एउटा सदनले पारित गरेको विधेयक यथाशीघ्र अर्को सदनमा पठाइनेछ र सो सदनले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश ग...
धारा ११२ – विधेयक फिर्ता लिनेः
विधेयक प्रस्तुतकर्ताले सदनको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।
धारा ११३ – विधेयकमा प्रमाणीकरणः
(१) धारा १११ बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणित गरी पेश गर्नु पर्ने...
धारा ११४ – अध्यादेशः
(१) संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिल...