भाग १४ – प्रदेश व्यवस्थापिका
भागको विषयवस्तु सार: प्रत्येक प्रदेशमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट गठन हुने एक सदनात्मक प्रदेश सभा सम्बन्धी व्यवस्था।
यस भागभित्रका सम्पूर्ण धाराहरू:
धारा १७५ – प्रदेश व्यवस्थापिकाः
प्रदेशको व्यवस्थापिका एकसदनात्मक हुनेछ जसलाई प्रदेश सभा भनिनेछ ।
धारा १७६ – प्रदेश सभाको गठनः
(१) प्रत्येक प्रदेश सभामा देहाय बमोजिमको संख्यामा सदस्य रहनेछन्: (क) सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन...
धारा १७७ – प्रदेश सभाको कार्यकालः
(१) यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुनेछ । (२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्...
धारा १७८ – प्रदेश सभाको सदस्यका लागि योग्यताः
(१) देहायको योग्यता भएको व्यक्ति प्रदेश सभाकोे सदस्य हुन योग्य हुनेछः– (क) नेपाली नागरिक, (ख) सम्बन्धित प्रदेशको मतदाता रहेको, (ग) पच्चीस वर...
धारा १७९ – प्रदेश सभाका सदस्यको शपथः
प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनु पर्नेछ ।
धारा १८० – प्रदेश सभा सदस्यको स्थान रिक्त हुनेः
देहायको कुनै अवस्थामा प्रदेश सभाका सदस्यको स्थान रिक्त हुनेछः– (क) निजले प्रदेश सभाको सभामुख समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको धारा १७८...
धारा १८१ – प्रदेश सभा सदस्यको अयोग्यता सम्बन्धी निर्णयः
प्रदेश सभाको कुनै सदस्य धारा १७८ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर्नेछ ।
धारा १८२ – प्रदेश सभाको सभामुख र उपसभामुखः
(१) प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्व...
धारा १८३ – प्रदेश सभाको अधिवेशनको आव्हान र अन्त्यः
(१) प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिन भित्र प्रदेश सभाको अधिवेशन आव्हान गर्नेछ । त्य...
धारा १८४ – प्रदेश प्रमुखबाट सम्बोधनः
(१) प्रदेश प्रमुखले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थितिको आह्वान गर्न सक्नेछ । (२) प्रदेश प्रमुखले प्रदेश सभ...
धारा १८५ – प्रदेश सभाको गणपूरक संख्याः
यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक प्रदेश सभाको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्ण...
धारा १८६ – प्रदेश सभामा मतदानः
प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक...
धारा १८७ – प्रदेश सभाको विशेषाधिकार:
(१) यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पन...
धारा १८८ – विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्थाः
(१) मुख्यमन्त्रीलेकुनै पनि बखत आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रदेश सभा...
धारा १८९ – मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभाको बैठकमा भाग लिन पाउनेः
मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले प्रदेश सभा र त्यसको समितिको बैठकमा उपस्थित हुन र कारबाही तथा छलफलमा भाग लिन पाउनेछ ।तर प्रदेश सभाको...
धारा १९० – प्रदेश सभामा अनधिकार उपस्थित भएमा वा मतदान गरेमा सजायः
धारा १७९ बमोजिम शपथ नलिएको वा प्रदेश सभाको सदस्य नभएको कुनै व्यक्ति सदस्यको हैसियतले प्रदेश सभा वा त्यसको समितिको बैठकमा उपस्थित भएमा वा मतद...
धारा १९१ – बहसमा बन्देजः
नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्य...
धारा १९२ – सदस्यको स्थान रिक्त रहेको अवस्थामा प्रदेश सभाको कार्य सञ्चालनः
प्रदेशसभाको कुनै सदस्यको स्थान रिक्त रहेको अवस्थामा समेत प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न सक्नेछ र प्रदेश सभाको कारबाहीमा भाग लिन नपाउन...
धारा १९३ – प्रदेश सभाले समिति गठन गर्न सक्नेः
प्रदेश सभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले नियमावली बमोजिम आवश्यकता अनुसार समिति वा विशेष समिति गठन गर्न सक्नेछ ।
धारा १९४ – प्रदेश सभाको कार्य सञ्चालन विधिः
प्रदेश सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन, काम, कारबाही र समिति सम्बन्धी अन्य विषय नियमित गर्नका...
धारा १९५ – प्रदेश सभाको सचिव र सचिवालयः
(१) प्रदेश प्रमुखले प्रदेश सभामुखको सिफारिसमा प्रदेश सभाको सचिव नियुक्त गर्नेछ । (२) प्रदेश सभाको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्नका...
धारा १९६ – पारिश्रमिकः
प्रदेश सभाको सभामुख, उपसभामुख तथा सदस्यको पारिश्रमिक र सुविधा प्रदेश कानून बमोजिम हुनेछ । त्यस्तो कानून नबनेसम्म प्रदेश सरकारले तोके बमोजिम...