भाग १३ – प्रदेश कार्यपालिका
भागको विषयवस्तु सार: सातवटै प्रदेशमा प्रदेश प्रमुख, मुख्यमन्त्रीको नियुक्ति, प्रदेश मन्त्रिपरिषद् गठन तथा प्रदेश कार्यपालिकाको कार्यसञ्चालन।
यस भागभित्रका सम्पूर्ण धाराहरू:
धारा १६२ – प्रदेशको कार्यकारिणी अधिकारः
(१) प्रदेशको कार्यकारिणी अधिकार यो संविधान र प्रदेश कानून बमोजिम प्रदेश मन्त्रिपरिषदमा निहित हुनेछ । तर संघीय शासन लागू भएको कारणबाट प्रदेश...
धारा १६३ – प्रदेश प्रमुख सम्बन्धी व्यवस्थाः
(१) प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहनेछ । (२) राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्त...
धारा १६४ – प्रदेश प्रमुखको योग्यताः
देहायको योग्यता भएको व्यक्ति प्रदेश प्रमुख हुनका लागि योग्य हुनेछ ः– (क) संघीय संसदको सदस्य हुन योग्य भएकोे, (ख) पैंतीस वर्ष उमेर पूरा भएको,...
धारा १६५ – प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाः
(१) देहायको कुनै अवस्थामा प्रदेश प्रमुखको पद रिक्त हुनेछः– (क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, (ख) निजको पदावधि समाप्त भएमा वा...
धारा १६६ – प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारः
(१) प्रदेश प्रमुखले यो संविधान वा कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ । (२) उपधारा (१) बमोजिम अधिकारको प्रयो...
धारा १६७ – प्रदेश प्रमुखको शपथः
प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
धारा १६८ – प्रदेश मन्त्रिपरिषदको गठनः
(१) प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन...
धारा १६९ – मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुुने अवस्थाः
(१) देहायको कुनै अवस्थामा मुख्यमन्त्रीको पद रिक्त हुनेछः– (क) निजले प्रदेश प्रमुख समक्ष लिखित राजीनामा दिएमा, (ख) धारा १८८ बमोजिम विश्वासको...
धारा १७० – प्रदेश सभाको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्नेः
(१) धारा १६८ को उपधारा (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाको सदस्य नभएको कुनै व्यक्तिला...
धारा १७१ – मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा अन्य सुविधाः
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र अन्य सुविधा प्रदेश ऐन बमोजिम हुनेछ । त्यस्तो ऐन नबनेसम्म प्रदेश सरकारले तोके बमोजिम हुनेछ ।
धारा १७२ – शपथः
मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश कानून...
धारा १७३ – प्रदेश प्रमुखलाई जानकारी दिनेः
मुख्यमन्त्रीले देहायका विषयमा प्रदेश प्रमुखलाई जानकारी दिनेछः– (क) प्रदेश मन्त्रिपरिषदका निर्णय, (ख) प्रदेश सभामा पेश गरिने विधेयक, (ग) खण्ड...
धारा १७४ – प्रदेश सरकारको कार्य सञ्चालनः
(१) प्रदेश सरकारबाट स्वीकृत नियमावली बमोजिम प्रदेश सरकारको कार्य विभाजन र कार्य सम्पादन हुनेछ । (२) उपधारा (१) अन्तर्गतको नियमावलीको पालन भय...