भाग १६ धारा २०३ देखि २१३ सम्म (11 धारा)

भाग १६ – प्रदेश आर्थिक कार्यप्रणाली

भागको विषयवस्तु सार: प्रदेश सञ्चित कोष, प्रदेश सरकारको वार्षिक बजेट, विनियोजन ऐन तथा प्रदेश स्तरीय आर्थिक कार्यप्रणाली।

यस भागभित्रका सम्पूर्ण धाराहरू:

धारा २०३

धारा २०३ – कर लगाउन वा ऋण लिन नपाइनेः

(१) कानून बमोजिम बाहेक प्रदेशमा कुनै कर लगाइने र उठाइने छैन । (२) संघीय कानून बमोजिम बाहेक प्रदेश सरकारले कुनै ऋण लिने र जमानत दिने छैन ।

धारा २०४

धारा २०४ – प्रदेश सञ्चित कोषः

गुठी रकम बाहेक प्रदेश सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जा, प्रदेश ऐनको अधिकार अन्तर्गत दिइएको जुनसुक...

धारा २०५

धारा २०५ – प्रदेश सञ्चित कोष वा प्रदेश सरकारी कोषबाट व्ययः

देहायका रकम बाहेक प्रदेश सञ्चित कोष वा अन्य कुनै प्रदेश सरकारी कोषबाट कुनै रकम झिक्न सकिने छैन:– (क) प्रदेश सञ्चित कोषमाथि व्ययभार भएको रकम,...

धारा २०६

धारा २०६ – प्रदेश सञ्चित कोषमाथि व्ययभारः

देहायका विषयसँग सम्बन्धित खर्च प्रदेश सञ्चित कोषमाथि व्ययभार हुनेछ र त्यस्तो व्ययका लागि प्रदेश सभाको स्वीकृति आवश्यक पर्ने छैन:–(क) प्रदेश...

धारा २०७

धारा २०७ – राजस्व र व्ययको अनुमान:

(१) प्रदेशको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा प्रदेश सभा समक्ष देहायका कुरा समेत खुलाई वार्षिक अनुमान पेश गर्न सक्नेछः– (क) रा...

धारा २०८

धारा २०८ – प्रदेश विनियोजन ऐनः

प्रदेश विनियोजन ऐन बमोजिम व्यय हुने रकम शीर्षकमा उल्लेख गरी विनियोजन विधेयकमा राखिनेछन् ।

धारा २०९

धारा २०९ – पूरक अनुमानः

(१) कुनै आर्थिक वर्षमा देहायको अवस्था पर्न आएमा प्रदेशको अर्थमन्त्रीले प्रदेश सभा समक्ष पूरक अनुमान पेश गर्न सक्नेछः– (क) चालू आर्थिक वर्षका...

धारा २१०

धारा २१० – पेश्की खर्चः

(१) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको क...

धारा २११

धारा २११ – उधारो खर्चः

यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राकृतिक कारण वा अन्य कारणले गर्दा प्रदेशमा संकटको अवस्था परी धारा २०७ को उपधारा (१) बमोजिम...

धारा २१२

धारा २१२ – प्रदेश आकस्मिक कोषः

(१) प्रदेश ऐन बमोजिम प्रदेश आकस्मिक कोषको नामले एउटा कोष स्थापना गर्न सकिनेछ र त्यस्तो कोषमा समय समयमा प्रदेश ऐन बमोजिम निर्धारण भएको रकम जम...

धारा २१३

धारा २१३ – आर्थिक कार्यविधि सम्बन्धी ऐनः

प्रदेश ऐन बमोजिम विनियोजित रकम एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्ने र आर्थिक कार्यविधि सम्बन्धी अन्य व्यवस्था प्रदेश ऐन बमोजिम हुनेछ ।

Advertisement